एमाले विधान महाधिवेशन : ओलीसहितको ६ सदस्यीय अध्यक्ष मण्डल


१५ आश्विन २०७८, शुक्रबार
UMl Legislative General Convention 22 copy O3TPBiqegF

काठमाडौं, १५ असोज । नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुरु भएको छ । ओलीले एक भव्य समारोहबीच पानसमा बत्ती बालेर विधान महाधिवेशनको उद्घाटन गरेका छन् ।

तीन दिनसम्म चल्ने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ६ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्षमण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन् । त्यस्तै स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्ड र छविलाल विश्वकर्मा छन् ।

एमालेका अर्का उपाध्यक्ष भीम रावललाई भने प्रस्ताव मस्यौदा समितिमा राखिएको छ । यो विधान महाधिवेशनमा अर्का उपाध्यक्ष वामदेव गौतम उपस्थित छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७