स्वस्थ रहन तौल घटाउनु भन्दा व्यायाम गर्नु बढी महत्वपूर्ण


१७ आश्विन २०७८, आईतवार
running

काठमाडौं, १७ असोज । तौल घटाउनु नभएर नियमित एक्सरसाइज गर्नुले हामीलाई स्वस्थ र लामो जीवन दिलाउन सक्ने नयाँ रिसर्चले देखाएको छ । एरिजोना स्टेट युनिभर्सिटी अफ फिनिक्सका ग्लेन गेसेयेरको नेतृत्व गरिएको यस रिसर्चमा फिटनेस, तौल, मुटुको स्वास्थ्य र लामो आयु बीचको सम्बन्धबारे लामो विश्लेषण गरिएको थियो ।

यसैको नतिजामा व्यक्तिको तौल बढी भए पनि या मोटोपना नै भए पनि डायटिङ अथवा तौल घटाउनुको तुलनामा नियमित एक्सरसाइज गरिरहनुले विशेषगरी मुटुको रोग र अकालमै मृत्युबाट जोगाउने पत्ता लागेको हो ।

डायटिङ लगायत तौल घटाउने अरु उपायको तुलनामा एक्सरसाइज धेरै लाभदायक भएको यसले स्प्ष्ट पारेको छ । त्यसैले तौल नघटे पनि नियमित एक्सरसाइज गर्न जरुरी रहेको बताइएको छ ।

गेसेयेरले शारीरिक क्रियाकलापले व्यक्तिको शरीरमा केकसरी असर पार्दछ भन्नेबारे दशकौँ अध्ययन गरेका छन् र उनका अनुसार फिटनेसमा सुधार ल्याउनु या तौल गुमाउनुको तुलनामा एक्सरसाइजले शरीरमा पार्ने प्रभाव अधिक सकारात्मक हुन्छ ।

एक्सरसाइजले अन्ततः व्यक्तिलाई फिट राख्न र तौल घटाउन पनि मद्दत गर्ने हुँदा तौल कम गर्न चाहनेहरुले खाना नियन्त्रित गर्ने या डायटिङ जस्ता उपायको सट्टा एक्सरसाइज गर्दा नै स्वास्थ्यका लागि उपयुक्त हुन्छ । रिसर्चका अनुसार एक्सरसाइज गर्दा व्यक्तिको तौल नघटेपनि यसले अकाल मृत्युको जोखिमलाई ३० प्रतिशतले कम गराउन सक्छ । फक्स न्युजबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७