ओछ्यानमै सर्पले टोक्यो, उपचारमा लापरबाही हुँदा बालकको गयो ज्यान


१७ आश्विन २०७८, आईतवार
snack

महोत्तरी, १७ असोज । महोत्तरीको महोत्तरी गाउँपालिका–२ अनैठामा विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

स्थानीय मदन रामका १३ वर्षीय छोरा आकाशको गए राति सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । राति सुतिरहेको बेला ओछ्यानमै बालकलाई सर्पले डसेको हो ।

सर्पको टोकाइबाट गम्भीर बिरामी भएका बालकलाई सुरुमा धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति थप जटिल बनेपछि उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो । जिल्ला अस्पतालमा उपचाकारकै क्रममा बालकको मृत्यु भएको आफन्तले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७