निर्वाचन अधिकृत नै हराएपछि बझाङमा कांग्रेस अधिवेशन स्थगित


१७ आश्विन २०७८, आईतवार
Congress

बझाङ, १७ असोज । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बझाङ खटाएका निर्वाचन अधिकृत सम्पर्कविहीन भएका छन् । अधिवेशनका लागि खटाइएका निर्वाचन अधिकृत चेतराज भट्ट सम्पर्कविहीन भएपछि बझाङको अधिवेशन स्थगित गरिएको छ ।

बझाङमा जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबार मनोनयन दर्ता भएको थियो । आइतबार बिहान ९ बजेबाट सुरु हुने पूर्व निर्धारित कार्यतालिका थियो । तर, निर्वाचन अधिृकत आइतबार बेलुकीबाटै सम्पर्कविहीन भएपछि जिल्ला अधिवेशन स्थगित भएको नेपाल प्रेस युनियन बझाङका अध्यक्ष रमानन्द जोशीले जानकारी दिए ।

बझाङको जिल्ला सभापतिका लागि प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा समूहका दुई जनाले मनोनयन गर्दा गरेका छन् । बझाङ सभापतिका लागि खडक बोहरा र रमेश भण्डारीले सभापतिमा मनोनयन दर्ता गरेका हुन् । बोहरालाई पूर्व राज्यमन्त्री अर्जुनबहादुर सिंहको समूहले सघाएको छ । अर्का उम्मेदवार भण्डारीलाई पूर्व राज्यमन्त्री नरेशबहादुर सिंह र पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहको साथ रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७