लोअर इर्खुवा हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त


१८ आश्विन २०७८, सोमबार
Agreement photo1633351885

काठमाडौं, १८ असोज । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।

कम्पनीले जारी पुँजीमध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयलाई र २० प्रतिशत अर्थात १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नका लागि बिक्रि प्रवन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्ष गरे।

हाल लोअर इर्खुवा हाइड्रोपावर कम्पनीको अधिकृत पुँजी ९० करोड, जारी पुँजी ७० करोड र चुक्ता पँुजी ४९ करोड छ। स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड हुनेछ।

लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले भोजपुर जिल्लाको षडानन्द न।पा र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर इर्खुवा जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७