१,०४३ मा कोरोना संक्रमण, ८९१ जना निको, १२ को मृत्यु


२० आश्विन २०७८, बुधबार
korona

काठमाडौं, २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ४६५ नमूना परीक्षण गर्दा १,०४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १६५ नमूनाको पीसीआर र ४ हजार ३०० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

जसमध्ये पीसीआर विधिबाट ८४९ र एन्टिजेन विधिबाट १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ । मन्त्रालयका अनुसार आज (बुधबार) थप ८९१ जना कोरोनामुक्त भएका छन् ।

कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार १९४ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित ३३८ जनाको भेन्टिलेटरमा र ११५ जनाको आइसीयूमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ३७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७