नेपाल लाइफको मुख्य प्रयोजनमा ‘क्राइम फाइल्स’ कात्तिकदेखि प्रसारण हुने


२१ आश्विन २०७८, बिहीबार
244384994 4816173325108641 2932935112549859399 n

काठमाडौँ,२१ असोज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मुख्य प्रयोजक रहेको नेपालको ‘क्राइम फाइलस’ कात्तिकदेखि प्रसारण हुने भएको छ।

राजधानीमा बिहीबार एक कार्यक्रम गरी ‘क्राइम फाइल’ सँग सह–प्रायोजकका लागि सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयलले सम्झौता गरेका छन्।

उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनमा कात्तिकदेखि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

उक्त कार्यक्रम नेपालभित्रै भएका विभिन्न किसिमका आपराधिक घटनाका नाट्य रुपान्तरण रहेको क्राइम फाइल्सका निर्माता थता कार्यक्रम सञ्चालक सुरज गिरीले बताए।

उक्त कार्यक्रम निर्माणका लागि नेपाल प्रहरीको पनि सहयोग लिएको उनले बताए। कार्यक्रममा प्रस्तुत गरिएको घटना नेपाल प्रहरीले सुल्झाएका धेरै आपराधिक घटनामध्ये न्यायको दृष्टिबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथा समेटेर निर्माण गरिएको उनको दाबी छ।

उनका अनुसार सो कार्यक्रमको सुरुवात २ वर्षअघि भएको र लकडाउनका कारण अफिसियली सार्वजनिक गर्ने वातावरण नमिलेको बताए।

तर, दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आफूहरूले सो कार्यक्रममा प्रमोसन भिडियो देखाएको पनि बताए।

सो कार्यक्रम एड प्याड रोमा प्रोडक्सनले निर्माण गरेका हुन् भने मेकिङ टि–फोल्क्स् प्रोडक्सनले गरेको हो। यस्तै, क्राइम फाइल्सको बजार व्यवस्थापन एड रिलिजले गर्नेछ भने कार्यक्रम सञ्चालन सुरज गिरीले गर्नेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७