अफगानिस्तानमा मस्जिदमा बम विष्फोट : सय बढीको मृत्यु, आईएसले लियो जिम्मा


२३ आश्विन २०७८, शनिबार
afganistan masjid 6sfUWZjq3D

काठमाडौं, २३ असोज । अफगानिस्तानको कुन्दुजस्थित मस्जिदमा शुक्रबार शक्तिशाली बम विष्फोट गराइँदा सय बढीको मृत्यु भएको छ ।

हजारा शिया मस्जिदमा गराइको विष्फोटमा धेरै जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कुन्दुज सेन्ट्रल अस्पतालका चिकित्सकका अनुसार अहिलेसम्म अस्पतालमा ३५ शव ल्याइसकिएको छ भने ५० जनाभन्दा बढी घाइते भर्ना गरिएको छ । यस्तै अर्काे अस्पतालमा १५ वटा शव पुर्‍याइएको छ ।

घटनाको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ । गत अगस्ट १५ देखि अफगानिस्तानको सत्ता तालिबानको हातमा छ । त्यसयता त्यहाँ आईएसको आक्रमण बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७