पहिला ‘झुक्याइएका’ दोबाटे विश्वकर्मालाई गण्डकीमा मन्त्री बनाइँदै


२५ आश्विन २०७८, सोमबार
dobate bishwokarma11633926022

पोखरा, २५ असोज । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन् । विश्वकर्माले आज साँझ ५ बजे विना विभागीय मन्त्रीको रूपमा शपथ लिने स्रोतले जानकारी दिएको छ ।

संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । गण्डकी प्रदेशको मन्त्रिपरिषद् अब १२ सदस्यीय हुने भएको छ । यसअघि अन्तिम समयमा मन्त्री बनाउने सूचीबाट नाम काटिएका तनहुँका डोबाटे विश्वकर्मालाई पनि मन्त्रिपरिषद्मा समावेश गर्ने निर्णय गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामै रहँदा उनलाई मन्त्री बनाउने निर्णय गरिएको हो । देउवा एक कार्यक्रमको सिलसिलामा आइतबार पोखरा आएका थिए । गण्डकीमा कांग्रेस नेतृत्वको सरकार छ । यसअघि त्यागी डोबाटेलाई मन्त्री नबनाएकामा कांग्रेसको आलोचना भएको थियो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली तथा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको रोजाइमा परेका उनलाई मन्त्री बनाउन पार्टी सभापति देउवा सहमत भएको कांग्रेस स्रोतले बतायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७