६८० ले जिते कोरोना, ३९१ नयाँ थपिए, ६ जनाको मृत्यु


३१ आश्विन २०७८, आईतवार
korona

काठमाडौं, ३१ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ८ हजार ७७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६,९६६ जनाको पिअिसार परीक्षण गर्दा ३८५ र १,१११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ६८० संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । देशभर १२ हजार २९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ११ हजार २७८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा एक हजार १९ संक्रमित छन् भने २९९ जना आइसियुमा र ९८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७