इलाममा बाढीले पक्की पुल बगायो


३ कार्तिक २०७८, बुधबार
thumb 1 8

इलाम, ३ कातिक । बाढीले इलामको देउमाई–फाकफोक खोला दोभानको पक्की पुल बगाएको छ । माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने उक्त पक्की पुल मंगलबार राति बगेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

त्यस्तै बाढीले नजिकै रहेको गजुरमुखीधाम–बारुङ जोड्ने पक्की पुल पनि क्षतिग्रस्त बनाएको उनले जनाएका छन् । माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखीधाम आसपास देउमाई र फेवा खोलाले पनि ठूलो क्षति गराएका छन् ।

इदिङ्गोका अनुसार ४÷५ वटा घर क्षतिग्रस्त भएका छन् भने हजारौं बिघामा रोपिएको धान बगेको छ । प्रभावितहरूको उद्धारमा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाहरू खटिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७