एमाले स्थायी कमिटी बैठक शुरु, अध्यक्ष ओलीले सम्बोधन गर्दै


४ कार्तिक २०७८, बिहीबार
UML Sthai Comitte1634811247

काठमाडौं, ४ कातिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । बिहीबार अपराह्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरु भएको बैठकले महाधिवेशन गर्ने स्थान टुङ्गो लगाउने बताइएको छ । वैठकलाई अध्यक्ष ओलीले सम्वोधन गरिरहेका छन् ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा, पालिका अधिवेशनलगायत विषयमा छलफल हुनेछ । एमालेको यही कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुँदैछ । नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल बैठक शुरु भएपछि एकैसाथ बैठक कक्षमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७