स्कटल्याण्ड पहिलो पटक टी–२० विश्वकप क्रिकेटको ‘सुपर १२’ मा


५ कार्तिक २०७८, शुक्रबार
t 20

काठमाडौं, ५ कातिक । स्कटल्याण्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको ‘सुपर १२’ मा प्रवेश गरेको छ । घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड पहिलो पटक विश्वकप क्रिकेटको सुपर १२ मा पुगेको हो ।

ओमानले दिएको १२३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । यस्तै बङ्गलादेश पनि आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

हिजो कुवेतको अल अमिरात मैदानमा भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ८४ रनले हराउँदै बङ्गलादेशले अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७