कति जना प्रधानमन्त्री बनाएपछि ‘गिनिज बुक’मा नाम लेखिन्छ : प्रचण्ड


२७ फाल्गुन २०७४, आईतवार
Prachanda 1

काठमाडौं: प्रधानमन्त्रीको विश्वासको मतको समर्थनमा सम्बोधन गर्दै नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले कातिजना प्रधामन्त्री बनाएपछि गिनिज बुकमा नाम लेख्न सकिन्छ भनी सांसदमा प्रश्न गरेका छन् ।

Prachanda 1
फाइल तस्बिर

उनले १० वर्ष भित्रमा कुनैन कुनै माध्यमबाट प्रधानमन्त्री पदमा ८ जनालार्इ आफूले प्रस्ताव गरेर प्रधानमन्त्री बनेको भन्दै यस्तो भनेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्रीलाई स्थानीय तहबाटै एमालेसँग भद्र सहमति भएको भन्दै सरकारलाई गहिरो विश्वासको मत रहेको बताएका छन् । उनले जनतालेनै स्थाई सरकार र संमृदको लागि वाम गठबन्धनलाई अनुमोदन गरेकाले सरकारलाई विश्वासको मत जाहेर गरेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र मन्त्रीहरूलाई कठोर कदम चाल्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रचण्डले जनताले झन्डै दुई तिहाइ मत दिएर सरकारको हात बलियो बनाएको बताए । भ्रष्टाचार, अनियमिता गर्नेहरुविरु कठोर कदम चाल्न आग्रह गर्दै उनले भने, ‘अब जनताले भाषण होइन, एक्सन खोजेका छन् ।’ अब केही हुन्छ कि भनेर निराश भएको धेरै भएको भन्दै उनले अब एक्सनमा उत्रन आग्रह गरे ।

बोक्सीको आरोपमा भएको कुटपिट, ८ वर्षीया बालिकामाथि भएको बलात्कारका घटना उल्लेख गर्दै उनले भने, ‘भाषण होइन, सिधै दोषीमाथि कारबाही होस् भन्ने जनताले चाहेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७