भिजेको धान थन्क्याए बापत किसानलाई नगरपालिकाको प्रतिविघा १० हजार सहयोग


६ कार्तिक २०७८, शनिबार
dhanbali IhJWD9r8Ki
afnLsf] gf; /fhlj/fh, # sflQsM ;’Gb/L vf]nfdf cfPsf] af9Ln] ;Kt/Lsf] lt?xt ufpFkflnsf / sGrg?k gu/kflnsfl:yt v]tdf k;]/ wfgafnLdf Iflt k’¥ofPkl5 lrlGtt x’Fb} ls;fg . tl:a/M c?0fs’df/ ofbj÷/f;;

चितवन, ६ कात्तिक । चितवनको रत्ननगर नगरपालिकाले किसानलाई धान थन्क्याउन आर्थिक सहयोग गर्ने भएको छ ।
बेमौसमी वर्षाका कारण खेतमै ढलेको र काटेर सुकाइएको धान थन्क्याउन नगरपालिकाले किसानलाई प्रतिविघा १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने भएको हो ।

वर्षाका कारण भित्र्याउने बेला भएको धानमा क्षति भएपछि निरास बनेका किसानलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराउन लागेको मेयर नारायण वनले जानकारी दिए ।

किसानको खेतमै पुगेर क्षतिको अनुगमन गरेपछि मेयर वनले किसानलाई राहत दिने घोषणा गरेका हुन् । ‘यो रकम पर्याप्त होइन । तर भिजेको धान सुकाउन र व्यवस्थापन गर्न कामदारलाई ज्याला दिन केही सहज हुने ठानेर यस्तो निर्णय गरेका हौं’ मेयर वनले भने, ‘भिजेको धानलाई व्यवस्थापन गर्न नसके भोकमरी लाग्ने अवस्था आउँछ ।’

उनले किसानलाई ज्यालाको अभावमा धान थन्क्याउन समस्या हुन नदिने बताए । रत्ननगर नगरपालिकाले १६ वटै वडामा क्षतिको विबरण सङ्कलन गरिरहेको छ । कृषि विकास शाखाका कर्मचारीसहित वडाका जनप्रतिनिधि र कर्मचारीले किसानको खेतमै पुगेर क्षतिको विबरण सङ्कलन गरेका हुन् ।

वर्षाका कारण भिजेको धान खेतमै उम्रिन थालेको किसानले बताएका छन् । काटेर पाँजामा रहेको धान उम्रिन थालेपछि किसानले केही अग्लो ठाउँमा सारेर सुकाउन थालेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७