अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं : चिनियाँ विदेशमन्त्री


६ कार्तिक २०७८, शनिबार
pande chaina SnBHk78gA4

काठमाडौं, ५ कात्तिक । चिनियाँ बिदेशमन्त्री वाङ् यीले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा आफ्नो विकासको मोडल अन्यत्र निर्यात गर्ने चीनको मनसाय नरहेको बताएका छन् ।

बेइजिङ्स्थित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँगको बिदाई भेटमा वाङ्ले त्यस्तो बताएको चिनियाँ सरकारी समाचार संस्था सिजिटिएनले लेखेको छ । ‘हामी अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अथवा आफ्नो विकासको मोडल निर्यात गर्न चाहँदैनौं । बरु, चीन आफ्नो अनुभव नेपाल लगायत अन्य मुलुकसँग बाँड्दै ती मुलुकसँग अन्तरक्रिया बढाउन चाहन्छ’ स्टेट काउन्सिलर समेत रहेका चिनियाँ बिदेशमन्त्री वाङ्ले पाण्डेसँग भने ।

वाङ्ले चीन-नेपाल सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि ब्यक्त गरे । पाण्डेले राजदूत रहँदा दुई मुलुकबीचको मैत्रीपूर्ण संबन्धका लागि पुर्याएको योगदानको प्रशंसा गरेका थिए । चीन र नेपाल लामो समयदेखिका निकट मित्र रही आएको चर्चा गर्दै द्विपक्षिय संबन्धमा नयाँ उपलब्धी हासिल गर्न मिलेर काम गर्नुपर्ने बताए । ‘साथै, क्षेत्रीय शान्ति, स्थिरता र समृद्दि कायम गर्न दुवै देश मिलेर काम गर्नुपर्छ’ वाङ्ले भने ।

भेटमा पाण्डेले चीनले कोरोना महामारीबिरुद्दको लडाइँमा पाएको सफलता तथा आर्थिक तथा सामाजिक विकासमा गरेको प्रगति चीनमा राजदूत रहँदा प्रत्यक्ष देखेको बताए । आगामी मंगलबार स्वदेश फर्किन लागेका राजदूत पाण्डेलाई बिहीबार साँझ चिनियाँ बिदेशमन्त्रायका डाइरेक्टर जेनरलले बिदाई भोज दिएका थिए ।

सोहीदिन दिउँसो उनको चिनियाँ बिदेशमन्त्रीसँग भेटवार्ता भएको थियो । अघिल्लो ओली सरकारद्वारा राजदूत नियुक्त पाण्डेलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७