घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१० कार्तिक २०७८, बुधबार
gold

काठमाडौं, १० कात्तिक । नेपाली बजारमा आज (मंगलबारं सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर आज ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन पनि हिजो प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ६०० रुपैयाँले नै घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७