सिंहदरबारभित्र अकस्मात चल्यो गोली


१० कार्तिक २०७८, बुधबार

काठमाडौं, १० कात्तिक । सिंहदरबारभित्र अचानक गोली चलेको छ । यद्यपि गोली कसैलाई पनि लागेको छैन । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

अपरान्हको करिब ५ बजे असई भारतीले बोकेको पेस्तोल कम्मरबाट भुइँमा खसेको थियो। झुक्किएर पेस्तोल भुईमा खस्दा गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७