‘म एक्लो बृहस्पति भएका कारण हमला भयो, सडकबाट माग्दैमा राजीनामा दिन्नँ’

‘सडकबाट राजिनामा माग्दैमा राजिनामा दियो भने न्यायालय लथालिङ्ग हुन्छ’


११ कार्तिक २०७८, बिहीबार
cholendra shumsher jbr

काठमाडौं, ११ कात्तिक : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू एक्लो बृहस्पति भएको कारण आफूमाथि हमला भएको गुनासो गरेका छन् । तर आफूमाथि जति हमला भएपनि संबिधानलाई आत्मात गरेर अघि बढ्ने उनको भनाई छ ।

प्राइम टाइम्स टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिदै उनले भनेका छन्, ‘मैले प्रधानमन्त्री निवास बालुवाटारमा छिरेर कुनै नेतालाई भेटेको छैन। अहिले म एक्लो बृहस्पति भएका कारण म मथि हमला भएको छ ।’

प्रधानन्यायाधीश जबराले सडकबाट राजिनामा माग्दैमा राजिनामा नदिने प्रष्ट पारेका छन् । सडकबाट राजिनामा माग्दैमा राजिनामा दियो भने न्यायालय लथालिङ्ग हुने उनको भनाई छ । भने, ‘बजारबाट प्रश्न उठेका भरमा राजीनामा दिने हो भने न्यायालय तहसनहस हुन्छ । यहाँ त हरेक न्यायाधीशको नाम सेटिङमा जोडिएको छ । विचलन र भ्रष्टाचारका कुरा आएका छन्, प्रश्न उठेका अन्य न्यायाधीशहरु राजीनामा दिन तयार होऊन् म पनि तयार छु ।’

प्रधानन्यायाधीश जबराले विधि अनुसार आफू नियुक्त भएको कारण आफू त्यो बमोजिम तयार भएको बताए । भने, संवैधानिक विधि अनुसार नियुक्त भएको हो। मैले जानुपर्यो भने पनि संविधान र कानुन अनुसार जान्छु। यो पदसँग म टाँसिएको छैन। संविधान अनुसार बरु महाअभियोग सामना गरौँ ।’

उनले राजिनामाको कल्पना समेत नगरेको बताए । भने, ‘मैले तीन करोड नेपालीको प्रतिनिधित्व गर्छु, पाँचजनाले माग्दैमा म राजीनामा दिन्नँ। राजीनामाको कुरा मैले कल्पना गरेकै छैन । म संविधानलाई आत्मसाथ गर्छु। संविधानले नियुक्त गरेपछि म त्यसको विरुद्ध जान्न। मलाई त्यही प्रक्रियाबाट गलत सावित गरे हुन्छु ।’

जबराले आफूसँग सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले भेट्न खोजेपछि आफ्नै निवासमा १० मिनेट कुरा भएको बताए । भने, ‘प्रधानमन्त्रीको सरकारी निवासमा आएकाले प्रचण्डजीले म भेन आऊँ है भन्नु भयो। मैले नकार्न सकिनँ, ‘उहाँ मेरो सरकारी निवासमा १० मिनेट बसेर जानु भएको हो। बालुवाटार आएका बेला आउनु भएको हो। तर उहाँ एक कप चियासमेत नखाई हतार हतार गइजानु भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७