५४९ मा कोरोना संक्रमण, ५६९ जना निको, ६ को मृत्यु


१२ कार्तिक २०७८, शुक्रबार
korona

काठमाडौं, १२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१४५ नमुनाको पीसीआर परीक्षण गर्दा ४९० र २,६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३८८ संक्रमितको ज्यान गएको छ ।
यस्तै सोही क्रममा ५६९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ७ लाख ९० हजार ३५८ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ ।
हाल नेपालमा १० हजार १५१ सक्रिय संक्रमित आइसोलेसन र २१२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७