यमनको अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारमै विष्फोट : ६ जनाको मृत्यु, कैयौं घाइते


१४ कार्तिक २०७८, आईतवार
41da805b1a172035e5b66a6aa3c868248d3115 1 504791 20211030215816 7DfXLcF9Dl

काठमाडौं, १४ कात्तिक । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विष्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौं मानिस घाइते भएका छन् । सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विष्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् ।

घाइते भएकाहरुलाई अस्पताल पुर्‍याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विष्फोटबाट वरपर रहेका अरु कैयौं सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विष्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन् ।

उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ यहाँको सेनाले जनाएको छ । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।

मारिब शहर यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । यहाँका अधिकारीहरुले उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको छ । तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७