‘टीक नेल’ सैन्य अभ्यासमा भाग लिन २० अमेरिकी सेना नेपालमा


१४ कार्तिक २०७८, आईतवार
American military

काठमाडौं, १४ कात्तिक । भोलि (सोमबार) देखि शुरु हुने ‘टीक नेल’ नामक सैन्य अभ्यासमा भाग लिन २० अमेरिकी सेना नेपाल आएका छन् । ‘टीक नेल’ अभ्यास विपद् व्यवस्थापनमा केन्द्रीत हुने जनाइएको छ । नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं र पोखरामा हुनेछ । मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्दार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रीत रहने छ ।

अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्दारका लागि निपूर्ण मानिन्छन् । अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्दारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन् ।

अभ्यास झण्डै एक महिनासम्म चल्ने छ । ‘टीक नेल’ सैन्य अभ्यासको यो २२ औं संस्करण हो । यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए । अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन् । विपद् व्यवस्थापनको तालिमका लागि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धिमुलक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७