एमाले अब संघदेखि प्रदेशसम्म प्रतिपक्ष


१५ कार्तिक २०७८, सोमबार
Bidhan Mahadibesan Kp Oli

काठमाडौं, १५ कात्तिक : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएसँगै नेकपा (एमाले) पूर्णत प्रतिपक्ष भएको छ । प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य गत १० भदौमा आचार्य मुख्यमन्त्री बनेका थिए । तर, आचार्यले सोमबार राजीनामा दिएसँगै एमालेले सबै सत्ता गुमेको हो ।

२०७४ को निर्वाचनपछि नेकपा एमालेले ४ प्रदेशसहित संघीय सरकारको नेतृत्व गरेको थियो । नेकपा माओवादी केन्द्र र एमाले एकता भएर बनेको तत्कालीन नेकपाको प्रदेश २ बाहेक ६ वटै प्रदेशमा सत्ताको नेतृत्व थियो ।

एमालेको नेतृत्वमा संघीय सरकारको सँगै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकार थियो । माओवादी केन्द्रले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको थियो ।

प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि १० भदौमा भीमप्रसाद आचार्य मुख्यमन्त्री बनेका थिए । तर, आचार्यले पनि सोमबार प्रदेश सभामा राजीनामा दिएसँगै एमालेले सबै प्रदेशबाट आफ्नो सत्ता गुमाएर प्रतिपक्षमा पुगेको हो ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ०७८ जेठ २७ मा ढलेको थियो। गण्डकीमा अहिले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन् ।

शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ०७८ साउन २८ मा एमालेको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी सोनाम त्यहाँका मुख्यमन्त्री बनेका छन् ।

कात्तिक १० गते बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिएकी थिइन् । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्य ०७८ भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।

यो सँगै एमालेबाट विभाजित भएर बनेको पार्टी नेकपा (एकीकृत समाजवादी)ले दुई प्रदेशको नेतृत्व पाएको छ । प्रदेश नम्बर एकमा सम्भवत मंगलबार राजेन्द्र राईले सपथ लिनेछन् । बागमतीमा यसअघि राजेन्द्र पाण्डे मुख्यमन्त्री बनीसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७