कोप–२६ सम्मेलन : सन् २०७० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने भारतको प्रतिवद्धता


१६ कार्तिक २०७८, मंगलवार
modi1635817028

काठमाडौं, १६ कात्तिक । भारतले कार्बन उत्सर्जनलाई सन् २०७० सम्म शून्यमा झार्ने प्रतिवद्धता जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गो सम्मेलनमा यस्तो वाचा गरेका हुन् । ‘२०७० सम्म भारतले नेट जिरो उत्सर्जनको लक्ष्य प्राप्त गर्नेछ’, मोदीले भने । भारतले पहिलो पटक नेट जिरो लक्ष्य तय गरेको हो ।

नेट जिरो वा कार्बन न्युट्रल भनेको वायुमण्डलमा हरितगृह ग्यास थप नगर्नु हो । वैज्ञानिकहरू विपत्तिजनक जलवायु प्रभावहरू हटाउन सन् २०५० सम्म कार्बन न्युट्रल गर्नुपर्ने बताउँछन् । तर, भारतले वैज्ञानिकहरूले भनेको भन्दा दुई दशकपछि मात्र नेट जिरो लक्ष्य भेट्ने बताएको हो ।

भारत चीन, अमेरिका र ईयूपछि विश्वको चौथो ठूलो र्काबनडाइ अक्साइड उत्सर्जक देश हो । विश्वको पहिलो ठूलो कार्बन उत्सर्जक चीनले सन् २०६० सम्म कार्बन न्युट्रल गर्ने लक्ष्यमा पुग्ने बताएको छ भने अमेरिका र यूरोपियन यूनियनले सन् २०५० सम्म यो लक्ष्य पूरा गर्ने वाचा गरेका छन् । अलजजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७