नेकपा (एस) ले बनायो तीन सदस्यीय वार्ता समिति, गर्‍यो यस्ता १० निर्णय

पाँच विभाग गठन गरी प्रमुख, उपप्रमुख र सदस्यहरु तोकियो


१८ कार्तिक २०७८, बिहीबार
nekapa samajbadi

काठमाडौं, १८ कार्तिक । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले पार्टीमा आउन चाहेका राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने बिहीबार विज्ञप्ति निकालेर जानकारी दिइएको छ ।

पाँच विभाग गठन गरी प्रमुख, उपप्रमुख र सदस्यहरु तोकियो
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको चौथो बैठकले विभिन्न १० वटा निर्णयहरू गरेको छ । बैठकले विभिन्न पाँच विभागहरू गठन गरी विभागका प्रमुख, उपप्रमुख र सदस्यहरू तोकेको छ । बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक यही कात्तिक २७ र २८ गते काठमाडौंमा आयोजना गर्नेलगायत निर्णयहरू गरेको छ ।
हेर्नुस् यस्ता छन् निर्णयहरू

1 1
2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७