उपराष्ट्रपति पुनबाट भाइटीका ग्रहण


२० कार्तिक २०७८, शनिबार
nanda bahadur pun

काठमाडौं, २० कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले आफन्त बहिनीहरुबाट भाइटीका लगाएका छन् । लैनचौरस्थित उपराष्टपति निवासमा शनिबार बिहान ११ बजेर २ मिनेटको शुभ साइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाइ कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा प्रदान गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७