नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर


२३ कार्तिक २०७८, मंगलवार
Nabil logo with 3D green bg 1 2 scaled

काठमाडौं, कात्तिक २३ । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको जनाएको छ।

दराजसँगको साझेदरीमा यही कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार र (क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम रु ३ हजार ५ सयसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

नबिल बैंकको नजिकको शाखामा खाता खोली डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन बैंकले आग्रह गरेको छ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७