माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, के–के छन् एजेण्डा ?


२६ कार्तिक २०७८, शुक्रबार
perish dada party

काठमाडौं, २६ कात्तिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (शुक्रबार) बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शुक्रबार बैठक बस्न लागेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

उनकाअनुसार साँझ ६ बजे भर्चुअल माध्यमबाट बैठक बस्ने छ । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उनले बताए ।

सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७