डी मारियाको गोलमा अर्जेन्टिनाको जित


२७ कार्तिक २०७८, शनिबार
arjentina1636769274

काठमाडौं, २७ कात्तिक । एन्जेल डी मारियाको गोलमा अर्जेन्टिनाले शनिबार बिहान विश्वकप छनोट प्रतियोगितामा उरुग्वेलाई १–० ले हराएको छ । यससँगै अर्जेन्टिनाको अपराजित यात्रा २६ खेलसम्म लम्बिएको छ ।

भ्रमणकारी अर्जेन्टिनाका लागि डी मारियाले सातौं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । डी मारियाले पाउलो डिबालाको पासलाई पोष्टको दिशा दिएका थिए । पूर्ण फिट नभएका अर्जेन्टिनाका नियमित कप्तान लियोनल मेसी बेन्चमा थिए । उनी ७६औं मिनेटमा जियोभानी लो सेल्सोको स्थानमा मैदान छिरेका थिए ।

जितसँगै दक्षिण अमेरिकी छनोट प्रतियोगितामा १२ खेलबाट २८ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको ब्राजिलभन्दा ६ अंकले पछाडि हो भने पाँचौं स्थानको कोलम्बियाभन्दा १२ अंकले पछाडि हो ।

दक्षिण अमेरिकाबाट यसअघि ब्राजिलले अर्को वर्ष कतारमा हुने विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ । अर्को एक खेल जित्यो भने अर्जेन्टिनाले पनि विश्वकपमा स्थान पक्का गर्नेछ । लियोनल स्कालोनीको अर्जेन्टिनाले यसअघि उरुग्वेलाई ३–० ले हराएको थियो । अर्जेन्टिना उरुग्वेविरुद्ध पछिल्लो सात खेलमा अपराजित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७