तीन जना चढेको मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, अर्का गम्भिर


२८ कार्तिक २०७८, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

बारा, २८ कात्तिक । बाराको कोल्हवी नगरपालिका–१, बटौलिया चोकमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् ।

स्थानीय २० वर्षीय सागर चौधरी र १९ वर्षीय मदन चौधरीको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २० वर्षीय अशोक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कोल्हवीबाट श्रीपुरतर्फ जाँदै गरेको ना ४२ प ८०२३ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब साढे ८ बजे अनियन्त्रित भई सडकछेउमा रहेको स्वास्थ्यचौकीको भवनमा ठोक्किएको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७