डेनमार्कलाई हराउँदै प्ले अफमा स्कटल्याण्ड


३० कार्तिक २०७८, मंगलवार
den

काठमाडौं, ३० कात्तिक । फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत मंगलबार बिहान भएको समूह एफको खेलमा स्कटल्याण्डले डेनमार्कलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

डेनमार्कलाई हराउने क्रममा स्कटल्याण्डका जोन साउटर र चे एडम्सले एक÷एक गोल गरे । यससँगै स्कटल्याण्डले विश्वकप छनोटको लागि प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको छ । डेनमार्क यसअघि नै विश्वकपको लागि छनोट भइसकेको छ ।
डेनमार्क १० खेलबाट २७ अंक हात पार्दै समूहको शीर्ष स्थानमा छ भने स्कटल्याण्डले समान खेलबाट २३ अंक हात पारेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७