कपिलवस्तुबाट विप्लव नेकपाका सेक्रेटरीसहित १६ बन्दकर्ता पक्राउ


३० कार्तिक २०७८, मंगलवार
police

कपिलवस्तु, ३० कात्तिक । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै बन्द गराउन हिँडेका विप्लव नेतृत्वको नेकपाका १६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सेक्रेटरी कमल केसीसहित १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

प्रहरी नायव उपरिक्षक डिएसपी धर्मराज भण्डारीका अनुसार कपिलवस्तुको वाणगंगाको ४ नम्बर बजार क्षेत्रबाट ९ जना, गोरुसिंगेबाट एक, विद्यार्थी जिल्ला इन्चार्ज विज्ञान क्षेत्री र चन्द्रौटाबाट ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यलय तथा इलाका प्रहरी कार्यलयबाट प्रहरीहरु पूर्व पश्चिम राजमार्ग तथा बजारका चोकचोकमा बाक्लो मात्रामा परिचालित भएका छन् । प्रहरीले शान्ति सुरक्षाका लागि राजमार्गमा स्कटिङ गरी रोकिएका सवारी साधनहरुलाई गन्तव्यसम्म पु¥याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७