न्यायको मन्दिरलाई युद्ध मैदान बनाइयो : नेपाल बार (विज्ञप्तीसहित)

घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी


२ मंसिर २०७८, बिहीबार
257585909 300367188616335 9009554757705906471 n1637229532

काठमाडौं, २ मंसिर । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलाई युद्धमैदान जस्तो बनाइएको भन्दै आपत्ति जनाएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै बारले न्यायको मन्दिरलाई युद्ध मैदान बनाएको बताएको हो ।

नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने आफूहरुको पूर्व निर्धारित कार्यक्रम रहेको भन्दै दंगा प्रहरी र एसएलआरसहित प्रहरी परिचालन गरेर युद्ध मैदान बनाउन खोजिएको बताए ।

बिहीबार आयोजित बारको आकस्मिक पत्रकार सम्मेलनमा उनले भने, ‘आज पहिलो पटक दंगा प्रहरीका साथ एसएलआर जस्तो युद्धको बेलामा प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्यको हामी घोर भर्त्सना र निन्दा गर्दछौं । अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको यस्तो हर्कतले हामीलाई स्तब्ध बनाएको छ ।’
हेर्नुस् विज्ञप्ती

mdkafmkmg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७