राजनीतिक परिवर्तनको नेतृत्व प्रचण्डले गर्नु भएको सत्य उजागर गर्नुस् : अर्थमन्त्री शर्मा


४ मंसिर २०७८, शनिबार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौं, ४ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको दावी गरेका छन् ।

पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताए । मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्न सञ्चार माध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।

उनले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरूको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरूले जोड दिनुपर्ने जरुरी रहेको बताए । नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चार माध्यामहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए । ‘सत्य के हो ? त्यसलाई स्थापित गर्नुस् । जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ । आजको सत्य के हो ?’

उनले भने, ‘नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् । त्यो स्थापित गर्दा त्यहाँ कुन–कुन पात्र आइपुग्छन, त्यतातिर नहेर्नुस् । त्यसकारण सत्य कुरा स्थापित गर्न लागनु भयो भने त्यो जनताप्रति न्याय हुन्छ, राष्ट्रप्रति न्याय हुन्छ । त्यो परिवर्तनको रक्षाका लागि एउटा अभियान बन्दछ । त्यसअर्थबाट नेपाली राजनीति, नेपाली राजनीतिको पछिल्लो विकासक्रम हामी दुई दशक, तीन दशकयता आइपुग्दा परिवर्तनको एउटा ठूलो आन्दोलन जनयुद्ध, जनआन्दोलनको एउटा प्रक्रियाबाट हामी नेपाललाई सामन्तबादबाट मुक्त गर्दै समावेशी लोकतन्त्र, परम्परागत लोकतन्त्र होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७