एमालेमा ‘अराजकता’ मौलाएको निष्कर्ष


२९ फाल्गुन २०७४, मंगलवार
uml office 1

काठमाडौं: नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले पार्टीमा अराजकता मौलाएको बताएका छन् । मंलबार अनुशासन आयोगको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टी अनुशासनहीनता बढ्दै गएको निष्कर्ष निकालेको हो । बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढ्दै गएको र गलत कार्यउपर नगरिएको पनि बताएका छन् ।

uml office 1
फाइल तस्बिर

बैठकमा आयोगका अध्यक्ष अमृतकुमार बोहराले जारी एक विज्ञप्ति गर्दै पार्टीको विधि, पद्धति र प्रणालीहरू क्रमशः कमजोर बन्दै गएको जानकारी दिएका छन् । बैठकले पार्टीका कमिटीहरू निष्क्रिय र पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकसमेत राम्ररी नबसेको जानकारी दिएका छन् ।

बैठकले ३ तहको निर्वाचनका क्रममा अनुशासनहीन क्रियाकलाप, अन्तरघातजस्ता अवाञ्छित कार्यको यथासमयमा छानबिन गरी कारबाही गर्नुपर्नेमा बहानाबनाएर पन्छाउने गरेको बताएका छन् । बैठकले यस्तो गतिविधि चाँडो समीक्षा प्रतिवेदन मागी कारबाही गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक अपराधका घटना बढिरहेकामा तीनलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान नगएका भन्दै बैठकले दुख व्यक्त गरेका छन् । पार्टीको स्थानीय कमिटी, अनेरास्ववियु, युवा संघ र अखिल नेपाल महिला संगठनहरु सामुदायिक सरोकारको विषयको आवाज उठाउन नसकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७