२६ वर्षपछि अभिनयमा फर्किंदै सुधांशु जोशी


१५ मंसिर २०७८, बुधबार
Sudhamshu Joshi SfQiwgf5Y2

काठमाडौं, १५ मंसिर । एक समयका चर्चित अभिनेता सुधांशु जोशी लामो समयपछि अभिनयमा फर्किने भएका छन् । सन् १९९४ को सुपरहिट फिल्म ‘जाली रुमाल’ का नायक जोशी मुकुन्द भट्टले निर्माण गर्न लागेको चलचित्र ‘एक्स ९’ मा अभिनय गर्न लागेका हुन् । अभिनेता जोशी २६ वर्षको विश्रामपछि अभियन यात्रामा फर्किन लागेका हुन् ।

अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटवालको समेत यसमा मुख्य भूमिका छ । यो ग्याङ स्टार फिल्ममा सुधाशुंको भूमिका कस्तो रहन्छ भन्ने प्रष्ट भइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७