युवतीहरुको घेराबन्दीमा अनमोल


३० फाल्गुन २०७४, बुधबार
18 03 b1dda88c639c141e50fd596b97b11cda

काठमाडौं, ३० फागुन : चर्चित अभिनेता अनमोल केसी अहिले चलचित्र प्रदर्शनको क्रममा जापानमा छन् । जापानमा चलचित्र ‘कृ’ प्रदर्शन गरिएको छ । पछिल्लो केही समययता जापानमा नेपाली चलचित्रले दर्शक तान्न नसकिरहेका बेला अनमोलको ‘कृ’ ले राम्रै दर्शक पाएको छ । टोकियोस्थित नाकानो जिरो हलमा भएको ‘कृ’ को शोमा अनमोल र भुवन केसीका फ्यानको बाक्लो उपस्थिति देखिएको छ ।18 03 b1dda88c639c141e50fd596b97b11cda

अनमोल केक्र भएका फ्यानहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । विशेष गरी जापानको शोमा अनमोल युवती फ्यानहरुको घेराबन्दीमा नै परे । अनमोलसँग फोटोसेसन गर्ने युवतीहरुको बाक्लो भिड लागेको थियो । जब हलमा अनमोल केसी उपस्थित भए दर्शकदृघाबाट ‘अनमोल अनमोल’ को हुटिंगले हल गुन्जायमान बन्न पुगेको थियो । बिशेष शो लिएर भुवन केसी र अनमोल केसी जापान पुगेका हुन् । कतिपयले चलचित्र भन्दा पनि अनमोल केसीलाई हेर्न आएको बताएका छन् ।

लाहुरे र अर्को एक लुक्समा देखिएका अनमोललाई सबै बर्गका दर्शकले जापानमा रुचाएका छन् । चलचित्र ‘कृ–२’ पनि दर्शकले हेर्न पाउने निर्माण पक्षले बताएका छन् । सुवास गिरी र भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’ जापानका अन्य शहरमा पनि प्रदर्शन हुँदैछ । जापानबासी नेपाली दर्शकको उपस्थितिले आफूलाई थप हौसला मिलेको नायक तथा निर्माता भुवन केसीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७