कञ्चनपुर र पर्वतमा ट्याक्टर दुर्घटना : चारको मृत्यु, ३४ जना घाइते


१८ मंसिर २०७८, शनिबार
acci 1
फाइल फोटो

कञ्चनपुर, १८ मंसिर । कञ्चनपुर र पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुई वटा दुर्घटनामा गरी ३४ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा हिजो बेलुका से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ पिपरैयाका ६५ वर्षीया द्रोपती राना, ३३ वर्षीया रतन कुमारी राना र ५५ वर्षीया रानी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा अरु ११ जना घाइते भएका छन् । घाइते सबैको धनगढीमा उपचार भइरहेको छ ।

यस्तै मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ खण्डमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरका १८ वर्षका विशाल विक रहेका छन् । अरु २३ जना घाइते भएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–८ परादीमा ग २ ख ००९८ नम्बरको बसले सडक निर्माणमा संलग्न मजदुर बोकेको को १ त ६४२७ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको पोखरा र १८ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७