राप्रपा मत गणना अपडेट : राजेन्द्र लिङ्देनको १,१२१, कमल थापाको १,०२० मत


१९ मंसिर २०७८, आईतवार
kamal rajendra 1638323419

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदै छ । पछिल्लो मतपरिणाममा पनि राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् । अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन् ।


राप्रपा अध्यक्षका लागि कागजी मतपत्रमार्फत मतदान सम्पन्न भएको थियो । उपाध्यक्ष, महामन्त्री र सहमहामन्त्री तथा सदस्य पदका लागि विद्युतीय भोटिङ मेशिनमार्फत मतदान भएको थियो । भोटिङ मेसिनतर्फको मतगणना भने सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदको मत परिणाम सार्वजनिक गरेपछि मात्रै अरू पदको परिणाम सार्वजनिक गर्ने तयारी छ । ढिलो गरी शनिबार मध्याह्न १२ बजेदेखि शुरु भएको मतदान राति करिब सवा ११ बजे सकिएको थियो ।

कुल चार हजार ४६९ मतदाता रहेकोमा विद्युतीय भोटिङ मेशिनले तीन हजार ८७३ मत खसेको देखाएको निर्वाचन समितिले जनाएको छ । पार्टीको १९९ सदस्यीय कार्यसमिति बन्ने छ । जसमा अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । तीन उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७