राप्रपा मतगणना अपडेट : राजेन्द्र लिङ्देनले कमल थापालाई उछिनेको उछिन्यै


१९ मंसिर २०७८, आईतवार
kamal rajendra 1638323419

काठमाडौं, १९ मंसिर । राप्रपाको जारी मत गणनामा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मत परिणामअनुसार लिङ्देनले १,३७१ र कमल थापाले १,१५४ मत ल्याएका छन् । अब ९०९ मत मात्रै गन्न बाँकी रहेको बताइएको छ । शुरुदेखि नै थापालाई लिङदेनले उछिनेको उछिन्यै छन् ।

शनिबार दिउँसो करिब १२ बजे शुरु भएको मतदान राति साढे ११ बजे सकिएको राप्रपा निर्वाचन समितिका एक सदस्यले बताए । उनका अनुसार कूल ३,८७३ मत खसेको छ । राप्रपाको नयाँ नेतृत्व लिन लिङ्देन र थापाले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
निर्वाचनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र अन्य सदस्य गरी राप्रपाको १९९ सदस्यीय केन्द्रीय समिति बन्नेछ । पदाधिकारीमा तीन-तीन उपाध्यक्ष र महामन्त्री पदमा १÷१ जना महिला चुनिने छन् । महामन्त्री पदमा लिङ्देन समूहबाट अभिनेत्री रेखा थापा पनि प्रतिस्पर्धामा छिन् ।

मग गणना जारी छ । अध्यक्षका लागि कागजकै मतपत्र प्रयोग गरिएको थियो भने बाँकी पदका लागि विद्युतीय मेसिन प्रयोग गरिएको थियो । विद्युतीय माध्यमबाट दिइएको मत भने गनिसकिएको राप्रपाको निर्वाचन समितिले जानकारी दिएको छ । तर त्यसको नतिजा सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७