एमालेले जबज र क्रान्तिकारिता नारायणीमा बगायो : माधव नेपाल


२१ मंसिर २०७८, मंगलवार
Madhavkumar Nepal Senior Leader of Uml scaled

विराटनगर : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेकपा (एमाले)ले आफ्नो मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र क्रान्तिकारीता नारायणी नदीमा बगाएको दाबी गरेका छन् ।

चितवनमा भएको १० औं महाधिवेशनबाट एमालेले जबज क्रान्तिकारी स्वाभावलाई नारायणी नदीमा बगाएको उनको जिकिर छ ।

सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले पार्टी केपी ओलीको निजी कम्पनी भएको बताए ।

अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताए ।

पहिले आफ्नो समूहमा रहेका र पार्टी विभाजन गर्दा साथ नदिएर एमालेमै बसेका नेताहरु भीम रावल, घनश्याम भूसाललगायतलाई लक्षित गर्दै नेता नेपालले भने, ‘त्यहाँ भएका मान्छेको हालत भएजस्तै ।’

Communist party of nepal maoist centre

एमालेका धेरै नेतालाई अध्यक्ष ओलीको व्यवहार र निर्णय चित्त नबुझे पनि बोल्न नसक्ने अवस्थामा रहेको उनले टिप्पणी गरे ।

‘उकुसमुकुस छ, सुतौं निद्रा नलाग्ने, उठौं चैन नहुने,’ नेता नेपालले भने, ‘विजोग छ, यी (ओली) सुध्रिनेवाला छैनन् । त्यो जमात क्रान्तिकारी रहेन ।’

अध्यक्ष नेपालले एमालेमा आफूहरु भएको भए हरि बिजोग हुने अवस्था रहेको बताए ।

‘संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टा्याउन चाहने राप्रपा र (केपी शर्मा) ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्था छ,’ उनले भने, ‘हामी त्यहाँ (एमालेमा) भएको भए के हुन्थ्यो हालत ? हरि बिजोग हुन्थ्यो ।’

नेपालले उक्त सम्पत्तिमा आफूहरुको समेत भाग लाग्ने बताउँदै कानुनी प्रक्रिया अनुसार हकदावी गर्ने समेत बताए। ‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो, भौतिक सम्पत्ति छ, नगद पनि छ। ती सबै खोसेर लगेका छन्। उनैले। कब्जा गरेको छ। हक लाग्छ भने त्यो पनि हकको लागि कानुनी उपायहरू पनि खोजौँला।’

MK Nepal
Madhav Nepal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७