जर्मनीमा सकियो मर्केल युग, ओलाफ शल्त्स बने नयाँ चान्सलर


२३ मंसिर २०७८, बिहीबार
Olaf scholz rN1e8gFCbO

काठमाडौं, २३ मंसिर । जर्मनीको नयाँ चान्सलरको रुपमा ओलाफ शल्त्सले शपथ लिएका छन् । योसँगै जर्मनीमा एन्जेला मर्केलको कार्यकाल सकिएको छ । उनी पछिल्लो १६ वर्षदेखि यो पदमा थिइन् । ओलाफ शल्त्स जर्मनीका तीन पार्टीको गठबन्धनबाट चान्सलर बनेका हुन् ।

६३ वर्षीय ओलाफ शल्त्स मर्केलको सरकारमा भाइस चान्सलरको रुपमा थिए । यो पदमा उनले महत्वपूर्ण भूमिका पनि निर्वाह गरेका थिए । जर्मनीमा गत सेप्टेम्बरमा भएको निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
जर्मनीको संसदले पनि उनले नियुक्तिलाई स्वीकृति दिएको हो । संसद्मा उनले ३९५ मध्ये ३०३ भोट पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७