नबिलले ल्यायो ‘नबिल डिजी बैंक पोर्टल’, अब घरमै बसेर सम्पूर्ण बैंकिङ कारोबार गर्न सकिने


२३ मंसिर २०७८, बिहीबार
nabil bank scaled

काठमाडौं, २३ मंसिर । नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै बैंकले हालसम्मकै उच्चतम सेवा सुविधासहितको डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको हो ।

उक्त पोर्टलबाट बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत घरमै बसीबसी अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत उत्पादनरसेवालाई स्वचालित बनाएको जनाएको छ । कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको छ बैंकले जनाएको छ ।

नबिल डिजी बैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट-क्रेडिट कार्ड अनुरोध,डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदन, अनलायन्स लगायतका सेवा उपलब्ध हुनेछन् ।
साथै, बैंकले आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले जनाएको छ ।

बैंकका सीईओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भीकेवाइसी) र भर्चुअल आइकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गरेका छन् । भीकेवाइसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाइसी प्रमाणीकरणका लागि केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको जनाएको छ ।

भीकेवाइसी छनोटमार्फत ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्नेछ । त्यसैगरी, नबिल भर्चुअल आइकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले आफ्नो प्यान अपलोड गरी भर्जुअल आइकार्डका लागि आवेदन दिन सक्नेछन् ।

यसका साथै, सोही पोर्टलमाफएत ग्राहक ब्यालेन्स टप–अप पनि गर्न सक्नेछन् । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू ९कार्ड नम्बर, म्याद समाप्ति मिति, सीभीभी०सहित मोबाइल बैंक एपभित्र भर्चअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आइकार्ड ९भारतीय रुपैयाँबाहेक० ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७