ताप्लेजुङको सिटीहलमा ‘घरजम’ २५ गते प्रर्दशन हुँदै


२४ मंसिर २०७८, शुक्रबार
256571021 408117544358946 7162955134456911519 n

काठमाडौँ,२१ मंसिर। लकडाउनको कारणले नेपाली चलचित्र क्षेत्र पुर्णरुपमा बन्द रहेको थियो । नेपाल सरकारले चलचित्रहरु संचालनका लागि अनुमति दिएता पनि दर्शकहरु हलसम्म जान मानिरहेका छैनन् तर नेपाली मौलिक कथानक चलचित्र “घरजम” ताप्लेजुङको सिटीहलमा यही मंसिर २५ गते शनिबार प्रर्दशन हुने भएको छ ।

रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मको निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् ।

यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियोहरुमा अभिनय साथै निर्देशन पनि गरेका छन् ।

फिल्ममा कमेडी च्याम्पियन (सिजन-२) का बिजेता भरतमणी पौडेल, बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ आदिको अभिनय रहेकोछ ।

मौसम लिम्बुले निर्देशन गरेको चलचित्रलाई युवराज राइले छायांकन गरेका छन् भने फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७