दोस्रो चरणमा अन्तरआत्माले भोट दिनुस् : डा. शेखर कोइराला

‘देउवाविरुद्ध नाराबाजी शोभनीय भएन’


२८ मंसिर २०७८, मंगलवार
shekhar koirala 2

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफूले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका छन् । मंगलबार बिहान चियापान कार्यक्रममा बोल्दै उनले दोस्रो चरणमा स्वास्थ प्रतिष्पर्धा गर्ने दोहोर्‍याएका छन् ।

उनले भने, ‘दोस्रो चरणको चुनावमा हुने भएको छ । यो आन्तरिक लोकतन्त्र हो । उहाँहरु (देउबा र पौडेल) हाम्रो सम्मानित नेता हो । दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौ ।’

कोइरालाले अन्तरआत्माको आवाजले भोट दिन अनुरोध गरेका छन् । मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन् । कूल खसेको ४,६८१ मतमा शेरबहादुर देउवाले २,२५८ मत ल्याएका थिए । जुन ४८.२३ प्रतिशत मत हो । कोइरालाले १,७२९ मत प्राप्त गरेका छन् ।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ । ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ । अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ ।

‘देउवाविरुद्ध नाराबाजी शोभनीय भएन’

नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले केही महाधिवेशन प्रतिनिधिहरूले अशोभनीय व्यवहार देखाएको बताएका छन् । आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री एवं सभापति पदका अर्का उमेदवार शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएपछि उनले यस्तो बताएका हुन् ।

‘सुहाउँदो व्यवहार भएन । हामी स्वस्थ प्रतिस्पर्धामा छौं’, उनले भने, ‘यस्ता व्यवहार शोभनीय हुँदैन ।’लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएको हो ।

देउवा चियापनस्थलमा प्रवेश गर्ने बित्तिकै नाराबाजी गरिएको थियो । पौडेलले देउवालाई मञ्चसम्म पुर्‍याएका थिए । देउवा मञ्चमा पुग्दा पनि नाराबाजी जारी थियो । तर, सभापतिका उमेदवार कोइराला कार्यक्रमस्थलमा प्रवेश गरेपछि भने नाराबाजी रोकियो । महाधिवेशन प्रतिनिधिहरूले पौडेलविरुद्ध पनि नाराबाजी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७