एमसीसीविरुद्ध प्रदर्शन गर्नेमाथि लाठीचार्ज


२८ मंसिर २०७८, मंगलवार
mcc protest

काठमाडौं, २९ मंसिर । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ ।

नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ब नाराबाजी गरेका छन् । मंगलबारदेखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेण्डा एमसीसी भएको दलहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७