९९९ मत गन्दा देउवालाई अग्रता


२९ मंसिर २०७८, बुधबार
Sher bahadur deuba VS Sekhar koirala

काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।

राष्ट्रिय सभागृहमा मतगणना चलिरहेको छ । निर्वाचन समितिका अनुसार ९९९ मत गन्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको ५९० आएको छ। उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले ४०१ मत ल्याएका छन्।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन : मतदान भएको हो । पहिलो चरणमा कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए ।

दोस्रो चरणमा देउवालाई ३७१ मत ल्याएका सिंह, २४९ मत ल्याएका निधि र केबल २० मत ल्याएका गुरुङले दोस्रो चरणको निर्वाचनमा साथ दिएका छन् ।

दोस्रो चरणमा दिउँसो साढे ३ बजेपछि ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् । यो पहिलो चरणमा भन्दा ११७ मत कम हो । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७