२९६३ मत गन्दा देउवालाई १७८८, शेखर ११५१ मत


२९ मंसिर २०७८, बुधबार
Sher bahadur deuba VS Sekhar koirala

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले फराकिलो अग्रता कायम राखेका छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा उनले अग्रतासँगै मतान्तर पनि बढाउँदै गएका छन् ।

 निर्वाचन समितिका अनुसार हालसम्म २९६३ मत गन्दा देउवाले १७८८ मत ल्याएका छन् भने शेखरले ११५१ मत पाएका छन् ।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन : मतदान भएको हो । पहिलो चरणमा कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए ।

दोस्रो चरणमा देउवालाई ३७१ मत ल्याएका सिंह, २४९ मत ल्याएका निधि र केबल २० मत ल्याएका गुरुङले दोस्रो चरणको निर्वाचनमा साथ दिएका छन् ।

दोस्रो चरणमा दिउँसो साढे ३ बजेपछि ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् । यो पहिलो चरणमा भन्दा ११७ मत कम हो । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७