गगन थापाको प्रश्न : रातिसम्म नेतृत्व परिवर्तन नगरे कांग्रेस डुब्छ भन्ने, बिहान उठ्दा के भयो ?

‘कांग्रेस सभापति गुटको होइन, सिङ्गो कांग्रेसको सभापति बन्नुपर्छ’


२९ मंसिर २०७८, बुधबार
GaganThapa 1

काठमाडौं । कांग्रेस नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई गुटको नेता बन्न नदिन दबाब सिर्जना गर्नुपर्ने बताएका छन् । शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘नेपाली कांग्रेसको सभापति गुटको सभापति होइन । सिंगो कांग्रेसको सभापति बन्नु पर्छ । हामी सबैको सभापति बन्नुपर्छ । निर्वाचनमा समूह बन्छ । तर जब परिणाम आउँछ । गुट त्याग्नु पर्छ ।’

उनले पार्टी सभापतिले बालुवाटार, बुढानिलकण्ठ वा पार्टी कार्यालयमा गुटको बैठक राख्दिन भन्न सक्नु हुन्छ कि हुन्न मूल प्रश्न भएको बताए । कांग्रेस महामन्त्रीका उम्मेदवार समेत रहेका थापाले रातिसम्म नेतृत्व परिवर्तन नगरे कांग्रेसको भविष्य छैन भन्नेहरु बिहान उठ्दासम्म कसरी परिवर्तन भए भन्दै प्रश्न गरेका छन् । उनले प्रकाशमान सिंहतर्फत लक्षित गर्दै यस्तो प्रश्न गरेका हुन् ।

‘हामी सभापतिका उम्मेदवार बदल्न तयार थियौं, हाम्रा अडान छाड्न तयार भएका हौं’, उनले थपे, ‘नेतृत्व बदल्ने नेतृत्व बदल्ने भनेर नेताहरुले भनिरहनु भयो । एउटा प्रश्न छ हामीले उत्तर मागिरहन्छौं- मध्यरातसम्म नेतृत्व परिवर्तन नभए देश डुब्छ भन्नेहरुले बिहान यो नेतृत्व भएन भने देश डुब्छ भनेर कसरी भन्न सक्नु भयो ? ६ घण्टाभित्र के भयो ? कसरी बदलियो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७