कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित


१ पुष २०७८, बिहीबार
GaganThapa 1

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् । केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहँदा उनी प्रतिष्पर्धी उम्मेदवारभन्दा ठूलो मतान्तरले अगाडि छन् ।

मत गणना अन्तिम चरणमा पुगेको छ । सबै मत गनिसक्दा पनि गगनले सबैभन्दा बढी मत पाउने देखिएसँगै उनको जित निश्चित भएको हो । यस्तै कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने पक्का देखिएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ४,३९० मत गणना हुँदा गगनकुमार थापाले २,८२३ र विश्वप्रकाश शर्माले १,८२४ मत प्राप्त गरेका हुन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७